पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते

पाेखरा | असार २०, २०८१

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते PHOTO: LAL PRASAD SHARMA

पोखरा:    पोखरामा आज बिहान बेनेली मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक गम्भीर घाइते भएका छन् । 


मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरिक्षक मिन बहादुर खड्काले जानकारी दिए । 


मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक (चालक) गम्भीर घाइते भएको उनले बताए । 


‘मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको मोटसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते भएका छन्’, खड्काले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेका छौं, अहिले उपचार भइरहेको छ ।’


उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका विदेशी नागरिकको परिचय खुलेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्